दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल निकाल्दा पड्किएर गौतमको औलामा चोट लागेको छ । उनको अवस्था सामान्य छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डे पुगेका छन ।