२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा सेनाको बख्तरबन्द गाडीको गस्ती सुरु

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

(महेन्द्र सिंह)

बाँके । नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी गस्ती गर्न सुरु गरेको छन् । बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधरण ससंकित भएका छन् । नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडी सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुदाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]