१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

जनतालाई नोक्सान हुने आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने : गृहमन्त्री थापा

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

 

ABC Sanchar
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’गृहमन्त्री थापाको भनाइ छ ।
उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ । मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ । तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौँ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौँ । पार्टी अध्यक्षलाई अपदस्त गर्ने कुरासँग अस्थिरता जोडिएको छ । दुई तिहाइबहमुतको सरकारलाई विस्तथापित र राष्ट्रपतिको मानमर्दन गर्ने कुरासँग जोडिएको छ ।’
उनले देशलाई प्रतिगमनतिर लगेकाले नारायणहीटी अगाडि जनसभा गरेर गणतन्त्रको रक्षा गर्न खोजेको प्रस्ट्याए । उनले गुट र फुटवादीहरुलाई सचेत हुन पनि सुझाव दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!