२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बन्दमा क्षति पुर्‍याइएका सवारीसाधनको क्षतिपूर्ति सरकारले दिन्छ :उपप्रधानमन्त्री पोखरेल

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

 

ABC Sanchar
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने,‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको विरोध गर्दछु । गरिखाने मजदूर तथा श्रमिक वर्गले बन्दका कारण व्यहोरेको क्षतिप्रति दुःख प्रकट गर्दै उनले उनीहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने बताए ।
उनले जस्तै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थिरताको कुरालाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको जुन सपना देख्नुभएको छ, जुन अभियान चलाउनु भएको छ, त्यसलाई हामी निरन्तरता दिनेछौं । संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौँ ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।

नेकपाको आधिकारिकता कुन पार्टीले पाउँछ भन्ने कुरा उठिरहेको चर्चा गर्दै उनले केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता कसैले तोड्न नसक्ने दावीसमेत गरे । सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने छ,’ उनले भने, ‘हामी सूर्य चिन्ह लिएर जनतामा ताजा जनानेशका लागि जानेछौं ।’रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।