२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया सशस्त्र प्रहरीले लाखौं मूल्यका अवैध सामान पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

(महेन्द्र सिंह)
बर्दिया । सशस्त्र प्रहरी बर्दियाले जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा भित्रिरहेका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका बिओपीहरुको सक्रियता बढेसंगै सशस्त्रको गस्ती टोलीले अवैध सामानहरु धमाधम पक्रन थालेको छ ।

पछिल्लो १२ घण्टामा जिल्लाका चौगुर्जी¸ फुटाहा¸ कण्ठपुर र कालाबन्जार नाकाहरुबाट अबैधरुपमा चोरी पैठारी भइरहेका साइकलका पार्ट्सहरु¸ चिनी¸ डिजल र अन्य किराना सामानहरु बरामद गरिएको छ । एक लाख सत्र हजार विस रुपैयाँ‌ बराबरका ती सामान छोटी भन्सार कार्यालय गुलरियामा बुुझाइएको छ । बिओपी फुटाहा र कण्ठपुरबाट खटिएको सीमा गस्ती पेट्रोल टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ७७ हजार १ सय मूल्य बराबरका ३ सय ७० केजी ब्रोइलर कुखुरा समेत बरामद गरेको जनाएको छ । बरामद कुखुरा नेपाल प्रहरी¸पशु क्वारेन्टाइन प्रतिनिधि¸स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको छ सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]