२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

राष्ट्र संघले प्रहरीको सुडान मिसन बन्द सशस्त्रको पनि बन्द हुने क्रममा

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

ABC Sanchar
काठमाडौं । नेपाली सुरक्षाकर्मी कार्यरत रहेको अफ्रिका देश सुडानको डार्फर स्थित राष्ट्रसंघीय शान्ति मिसन (यूनामिड)बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को निर्णयअनुसार ३१ डिसेम्बर २०२० बाट मिसन बन्द भएसँगै त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी फर्कन थालेका छन् ।
डार्फरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी कार्यरत छन् । सुडानको डार्फरमा नेपाल प्रहरीको फम्र्ड पुलिस यूनिट(एफपियु) मिसन समेत छ । जून आगामी मे महिनाको अन्तिममा फर्कदैछ । एक वर्षका लागि दुई महिनाअघि गएका एक सय ४० प्रहरी मिसन बन्द भएपछि ६ महिनामै फर्कने भएका छन् । सुडान विभिन्न देशबाट १३ वटा एफपीयु मिसन रहेकोमा सबै देशका सुरक्षाकर्मी पनि फर्कन थालेका छन् । इन्डिभिज्वल पुलिस अफिसर(आइपिओ)का रुपमा सुडान गएका नेपाल प्रहरीका १५ जना तथा सशस्त्र प्ररहीका ६ अधिकृत पनि गएको ५ महिनामै एक महिनापछि फर्कने भएका छन् । मिसन बन्द गर्ने राष्ट्र संघको निर्णयबाट त्यहाँ कार्यरत प्रहरीकहरू फर्कन थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

सुडानमा शान्ति स्थापना भएसँगै त्यहाँको सरकारले शान्ति सैनिक हटाउन दबाब दिदै आएको थियो । सोहीअनुसार मिसन बन्द भएको हो । सन् २००७ मा सुडानमा राष्ट्रसंघीय मिसन स्थापना भएको थियो ।

सुडानमा नेपाल प्रहरीको एक मात्र एफपियु मिसन हो । त्यो पनि बन्द भएपछि शान्ति मिसन जाने प्रहरीको सपना लगभग तत्कालका लागि टुंगिने भएको छ । यसअघि हाइटी मिसन पनि दुई वर्षअघि बन्द भइसकेको छ ।

सन् २००८ को सेप्टेम्बरमा स्थापना भएको प्रहरीको डार्फर मिसन त्यही हो जसको बन्दोबस्तीका सामान खरिदमा करोडौं भ्रष्टाचार भएको थियो । जसमा नेपाल प्रहरीका तीन पूर्व प्रहरी महानिरीक्षकसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् । मिसनका लागि आवश्यक एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ ।

आइपिओ मिसन पनि क्रमश अवसर घट्दै आएका छन् । सुडानको मिसन बन्द भएपछि कंगो, माली र सोमालियामा मात्र प्रहरी जाने छन् । तीन देशमा नेपाल प्रहरीका जम्मा आठ जना कार्यरत छन् ।

कुनै समय एकै पटक नेपाल प्रहरीबाट पाँच सय अधिकृतसम्म राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर पाउँथे । पछिल्ला यो वर्ष यो क्रमश घटेको छ । प्रहरी जागिरको आकर्षक अवसर मानिने शान्ति मिसनमा अवसर घटेपछि यसको नकारात्मक असर संगठनमा पर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । शान्ति मिसनमा प्रहरीका अवसर घट्नुमा मुख्य दुई कारण छन् । पहिलो राष्ट्रसंघले नै विभिन्न शान्ति मिसनको संख्या घटाइरहेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विगतमा अमेरिकाले राष्ट्रसंघलाई दिदै आएको सहयोग कटौती गरेकाले पनि शान्ति मिसनमा त्यसको असर परेको हो ।

दोस्रो कारण भनेको नेपालको कमजोर लबिङ र शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा हुने अपारदर्शीता हो । राष्ट्रसंघले सामान तयारी गरे चार वर्षअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १/१ वटा एफपियु थप्ने आश्वासन दिएको थियो । तर, पर्याप्त सामान किन्न नसक्दा मिसन गुमेको प्रहरी अधिकारीहरु बताउँछन् ।
पछिल्लो समय अफ्रिकी देशहरुमा फ्रेन्च भाषा बोल्ने अफ्रिकी देशहरुमा शान्ति मिसन अन्र्तगत पठाउन फ्रेन्स भाषा सिकेको हुनुपर्छ । फ्रेन्च भाषाको ज्ञान नभएकाले पनि नेपाली सुरक्षाकर्मीलाई राष्ट्रसंघमा अवसर कम हुँदै गएको प्रहरीको यूएन शाखामा कार्यरत एक प्रहरी अधिकृत बताउँछन् । नेपाल प्रहरी सन् १९९२ बाट राष्ट्रसंघीय शान्ति मिसनमा खटिन थालेको हो ।

सुडानमा कार्यरत नेपाली सेना र सशस्त्र प्रहरीका केही अधिकृत पनि फर्कदैछन् । सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई वटा एफपियु छन् । त्यो पनि आगामी वर्ष बन्द हुने सम्भावना रहेको स्रोत बताउँछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!