०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दुर्घटना न्युनिकरण गर्न दाङमा पहिलो ट्राफिक डमी स्थापना

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

(सागर थापा/तेज वली)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तुल्सीपुरमा ट्राफिक डमी राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ । यसैक्रममा तुलसीपुरको विरेन्द्र चोक बसपार्क पिपलबोट र बाहिनी चोकमा डमी ट्राफिक राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ ।

ट्राफिक नियमलाई प्रभावकारी बनाउन प्रहरीले यो अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जीसीले बताए ।

ट्राफिक डमीका दुई हातमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सन्देश लेखिएको बोर्ड राखिएको छ । जसले चालकलाई सतर्क मात्र नभई यात्रुहरुलाई समेत ट्राफिक नियमबारे जानकारी दिने छ ।

ट्राफिक प्रहरीको अभावमा पनि डमीको सहायताले ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रभाबकारी बनाउन सकिने उहाँको भनाई छ ।आइतबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक डमी राखिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र शाहको अध्यक्षतामा कार्यक्रम गरि शाह सहित लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी डम्बर बहादुर बिक जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह लगाएतको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण रिपोर्टस क्लब दाङका अध्यक्ष पत्रकार सरद रेग्मीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!