२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ गते हुँदै

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

(तेज वली) काठमाडौं । मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज सोमबार काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले बताए । मिडिया नेपालको देशब्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पनि पौड्यालले बताए । सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!