३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

बाँके कोहलपुर प्रहरीले चोरीको सामान सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

(महेन्द्र सिंह)
बाँके । चोरीको सामानसहित बाँकेको मनिकापुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार चलाएको स्वीप अपरेसन अभियान अन्तर्गत् चोरीको सामान लोड गरिएका ३ वटा अटोरिक्सा र एउटा साइकलसहित एक जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

मनिकापुर क्षेत्रमा विगत लामो समयदेखि चोरी हुने गरेको स्थानीयको गुनासोपछि विशेष अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट चोरी कार्यमा धेरै जनाको संलग्नता रहेको हुन सक्ने आशंका गरेको प्रहरीले चोरीका सामान लोड गरिएको अवस्थामा तीन वटा अटो र एउटा साइकल बरामद गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!