
ABC क्राईमबिट
रौतहट । सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ २९ कयु।फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन । अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए । यसअघि सोमबार राति पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।
बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।