२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मंगलबार निर्वाचन आयोग जाँदै प्रधानमन्त्री : ओली

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन्

बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५÷५ जना नेतासहित छलफलका लागि बोलाएको थियो । तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

यद्यपि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल, झलनाथ खनाल, स्थायी कमिटीका नेताहरू आयोग पुगेका थिए । उनीहरुले राजनीति दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका छन् ।

आयोगमा प्रचण्ड–नेपाल समूहले बुझाएको १९ पृष्ठ लामो निवेदन अध्ययन भइरहेको आयोगले जनाएको छ ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपा विभाजित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।