२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चरम अनियमितता एक करोडमा बनेको नाचघर यस्तो अझै ६० लाख विनियोजन

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
दाङ । घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल (भित्ता) निर्माण गरियो । त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ ।
स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी (सिँढी) बनाइएको छ । नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल (भित्ता) उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ ।
उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियरको भनाइ छ ।
नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको छ । तर, यो घरले पूर्णता भने अझै पाएको छैन । पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नाच हेर्नका लागि जाने दर्शकका शौचालय निर्माणलगायत दर्शक बस्ने सिँडी बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।
कस्तो ठाउँमा नाच घर ?
उक्त स्थान मुख्यमन्त्री शंकर पोखरेलले घोरदौरमा ठाउँ छनोट गरेका गरेका हुन् । मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार समेत देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उक्त ठाउँ छनोट गरेको स्रोतको भनाइ छ ।
तर, घोरदौरासम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड उकाल्ने ? भन्ने प्रश्नमा वन कार्यालय स्रोतले भन्यो ‘खोई त्यो त थाहा भएन ।’ भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको ठाउँमा खानेपानीको समेत व्यवस्था छैन । न पक्की सडक, न खानेपानीको सुविधान अत्यावश्यक पूर्वाधारको ख्यालै नगरेर घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्यमाथि अहिले प्रश्न उठेको छ । स्रोत नागरिक न्युजबाट देवेन्द्र बस्नेत

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]