२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चरम अनियमितता एक करोडमा बनेको नाचघर यस्तो अझै ६० लाख विनियोजन

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
दाङ । घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल (भित्ता) निर्माण गरियो । त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ ।
स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी (सिँढी) बनाइएको छ । नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल (भित्ता) उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ ।
उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियरको भनाइ छ ।
नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको छ । तर, यो घरले पूर्णता भने अझै पाएको छैन । पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नाच हेर्नका लागि जाने दर्शकका शौचालय निर्माणलगायत दर्शक बस्ने सिँडी बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।
कस्तो ठाउँमा नाच घर ?
उक्त स्थान मुख्यमन्त्री शंकर पोखरेलले घोरदौरमा ठाउँ छनोट गरेका गरेका हुन् । मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार समेत देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उक्त ठाउँ छनोट गरेको स्रोतको भनाइ छ ।
तर, घोरदौरासम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड उकाल्ने ? भन्ने प्रश्नमा वन कार्यालय स्रोतले भन्यो ‘खोई त्यो त थाहा भएन ।’ भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको ठाउँमा खानेपानीको समेत व्यवस्था छैन । न पक्की सडक, न खानेपानीको सुविधान अत्यावश्यक पूर्वाधारको ख्यालै नगरेर घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्यमाथि अहिले प्रश्न उठेको छ । स्रोत नागरिक न्युजबाट देवेन्द्र बस्नेत

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!