२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रधानमन्त्री ओलीले भने निर्वाचन हुन्छ तयारी निरन्तर गर्नुहोस

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारी निरन्तर रुपमा अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेको तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सञ्चारकर्मीसँग भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि आवश्य पर्ने बजेट तथा बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थापाले बताए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द नेम्वाङसहित आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचन आयोगमा ओलीले पार्टी (नेकपा)को विवादबारे छलफल गरे नगरेको विषयमा सोधिएको प्रश्नमा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आज (मंगलबार) निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व ओली गरेका छन् भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन् ।

ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै निर्वाचन आयोगमा अलग-अलग निवेदन दिएका छन् ।

निर्वाचन आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न माघ १६ गते ओली र प्रचण्डलाई बोलाएको थियो ।

उक्त छलफलमा ओलीले आफ्ना प्रतिनिधि पठाएका थिए भने प्रचण्डले आफ्ना प्रतिनिधि पठाएर छलफलको मिति सार्न अनुरोध गरेका थिए । नेकपामा आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री पहिलोपटक (मंगलबार) आयोगको कार्यालय पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]