३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

प्रधानमन्त्री ओलीले भने निर्वाचन हुन्छ तयारी निरन्तर गर्नुहोस

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC Sanchar
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारी निरन्तर रुपमा अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेको तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सञ्चारकर्मीसँग भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि आवश्य पर्ने बजेट तथा बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थापाले बताए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द नेम्वाङसहित आयोगको कार्यालय पुगेका थिए ।

निर्वाचन आयोगमा ओलीले पार्टी (नेकपा)को विवादबारे छलफल गरे नगरेको विषयमा सोधिएको प्रश्नमा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आज (मंगलबार) निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व ओली गरेका छन् भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन् ।

ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै निर्वाचन आयोगमा अलग-अलग निवेदन दिएका छन् ।

निर्वाचन आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न माघ १६ गते ओली र प्रचण्डलाई बोलाएको थियो ।

उक्त छलफलमा ओलीले आफ्ना प्रतिनिधि पठाएका थिए भने प्रचण्डले आफ्ना प्रतिनिधि पठाएर छलफलको मिति सार्न अनुरोध गरेका थिए । नेकपामा आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री पहिलोपटक (मंगलबार) आयोगको कार्यालय पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]

काठमाडौं । कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन। केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष -आज आत्मविश्वास बढ्नेछ, अध्ययन–अध्यापन वा रचनात्मक कार्यमा मन जानेछ। पारिवारिक आत्मीयता र शुभचिन्तकको साथ पाउने दिन हो। इच्छाएको काम पूरा हुने सम्भावना छ, तर कार्य गर्दा हतार नगर्नुहोस्। वृष -बिहान खर्च वा मानसिक तनावको संकेत देखिन्छ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्। दिउँसोबाट परिस्थितिमा सुधार आउनेछ र नयाँ ज्ञान […]

error: Content is protected !!