२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

बांँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

ABC क्राईमबिट
बाँके । बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित फेरि तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय वीरबहादुर पुन मगर, ३८ वर्षीय रमेश घर्ती र २६ वर्षीय खेमबहादुर थापा रहेको निकुञ्जले जनाएको छ । उनीहरुको साथबाट भरुवा समेत बरामद गरिएको छ । जीवजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा सात थान बन्दुकसहित यसअघि पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ परेको निकुञ्ज प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!