०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बाँके प्रहरीको अर्को अभियान सडकबाट बेसाहरा मान्छेको उद्धार

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

(सागर थापा/महेन्द्र सिंह)
दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको निर्देशनमा ईलाका प्रहरी कार्यालय कोहलपुरले बेसाहरा मानवरहित सड्क अभियानलाई सार्थक बनाउन आफ्नो वडा एरिया अन्तरगत सड्कमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम कारवाही गरि रहेको छ । सो क्रममा मंगलबार २७ गते बिहान राप्तिसोनारी गाऊपालिका वडा नं. ८ शम्शेरगंजबाट अन्दाजी १७ बर्षकी एक किशोरी र राप्तिसोनारी गा.पा. २ अगैयाबाट २३ बर्षका एक पुरुषको उद्धार गरी मानवरहित सड्क अभियानमा क्रियाशिल भई कार्य गरिरहेको तथा निजहरुलाई संस्थाको जिम्मा लगाउन तर्फ आवश्यक प्रबन्ध भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!