०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रहरीले गोरु काटेको आरोपमा ५ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

 

(ABC क्राईमबिट)
पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विक रहेको गण्डकी प्रदश प्रहरी कार्यलय पोखराले जनाएको छ ।
अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको हो । उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!