२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७


(तेज वली) दाङ । घाेराही उप-महानगरपालिका ७ सुकवारमा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट दाङकाे सुकवारमा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

धामका चेला घाेराही उप-महानगरपालिका-७ शुक्रबार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

सत्यनारायणकाे पुजा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरी, धामका पुजारीहरू सन्ताेष बुढाथाेकी, साेमिया बस्नेत र बसन्ती धामीले गरेका थिए ।

सत्यनारायण पुजा आयाेजक रामकुमारी चाैधरीकाे अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्च दाङका बरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चाैधरीकाे प्रमुख आतिथ्य तथा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा राष्ट्रिय थारू कलाकार मञ्च दाङका सचिव राजेन्द्र चाैधरीकाे स्वागत भजन गीतबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।
उनीहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताएका थिए ।
पुजा पछि आयाेजित कार्यक्रममा रेडियाे राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता, शिवसवरी धाम धार्मिक प्रतिष्ठानकी महासचिव धना चाैधरी र धामका सचिव कमल चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सुकवार गाउँका स्थानीय समाजसेवी डुठीराम चाैधरीले धन्यबाद ज्ञापन गरेकाे कार्यक्रमकाे सञ्चालन राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चाैधरीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]