प्रकशित मिति : २८ माघ २०७७, बुधबार ०७:५९


(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहले लागुऔषध ब्राउन सुगरसहित दाङका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
दाङ गढुवा गाउँपालिका ६ बस्ने बर्ष २२ आशिष पाण्डे र लमही नगरपालिका निवासी बर्ष ३० को दाम बहादुर पाण्डे रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले जानकारी दिनुभएको छ ।

नेपालगन्जमा रहेको माछामण्डी नजिकैबाट पक्राउ गरिएको छ । पाण्डेको साथबाट साढे ५ ग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरु भारतबाट आउदै थिए । शंकास्पद गतिविधि देखिएपछि उनीहरुलाई चेकजाँच गर्दा बायाँ जुत्तामा लुकाएर ल्याएको अबस्थामा ब्राउन सुगर फेला परेको हो ।

नाकाबाट मानिसहरुको चहलपहल सुरु भएपछि लागुऔषध प्रयोगकर्ता तथा कारोवारीहरु पनि सक्रिय हुन थालेका छन् । नाकाबाट हुने अवैध तस्करी तथा आपराधिक घटना नियन्त्रणमा जमुनाह प्रहरीले पनि सक्रियता देखाउँदै आएको स्थानीयहरु बताउँछन् ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com