२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु पक्राउ
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई निस्तेज गर्ने सोच राखी टीम गठन गरी कार्य प्रगतितर्फ लागेको केही समय मै सफलता हाल लागेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पक्राउ परेका विभिन्न अभियुक्तहरु बारे जानकारी दिदै ।
नेपालगंजको यातायात कार्यालय अगाडी, मालपोत कार्यालय अगाडी, भेरी अस्पताल अगाडी, नर्सिङ होम अगाडी, नेपालगन्ज–१८ कारकाँदो स्थित रेष्ट्रो एण्ड डान्स बारको पार्कि·लगायतको क्षेत्रबाट मोटरसाईकल चोरी भएको सूचनाको आधारमा यस कार्यालयबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिको पहिचान एवं पक्राउ गर्न विशेष टोली परिचालन गरि अनुसन्धान गर्ने क्रममा प्यूठान जिल्लामा बिक्री भएको जानकारी भएकोले समन्वय गरी ६ वटा मोटरसाईकलसहित पक्राउ गरिएको बताउनुभयो ।

खजुरा गाउँपालिका वडा नं. ३, धौलागिरीका ३५ वर्षिय रामबहादुर थापा, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका–११ कालिखोली हाल नेपालगंज वडा नंं ४, बसपार्क बस्ने वर्ष ३१ का धिरेन्द्र विक्रम शाही, दाङ जिल्ला गढवा गाउँपालिका–४, खड्कपुर बस्ने वर्ष २८ का वर्कसप मिस्त्री समिर, रोल्पा जिल्ला लुग्री गाउँपालिका–५, गुम्चालका वर्ष २४ का नवराज रोका क्षेत्री, नेपालगन्ज वडा नं. १०, सुगन्धटोल वर्ष २८ का वर्कसप मिस्त्री रंगित शर्मालाई पक्राउ गरिएको प्रहरी प्रमुख रानाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु भएको छ ।

यसैगरी अनुसन्धानबाट खुलेका कुराहरु बारे जानकारी गराउँदै प्रहरी प्रमुख रानाका अनुसार रामबहादुर थापाले विगतमा भारतीय नागरिकसँग मिली चोरीका मोटरसाईकल आफूले खरिद गर्ने र खरिद मूल्यमा नाफा खाई अन्य व्यक्तिलाई बिक्री गर्ने, लकडाउनको समयमा भारतीय नागरिकसंग सम्पर्क छुटेपछि धिरेन्द्रविक्रम शाहीलाई साथी बनाएको त्यसपछि निजहरु दुबैजनाले बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेको जानकारी गराउनुभयो ।

थप अनुसन्धान भईरहेको जानकारी गराउँदै प्रहरी प्रमुख एसपी रानाले बरामद मोटरसाईकलहरुमा ल.३९.प.२८६६, रा.४.प.४५५०, रा.५.प.६२३३, लु.४५.प.८९२८, रा.५प.३२३ र बा.३६.प.५९४ रहेको बताउनुभयो ।
पक्राउ गरिएका ६ जनामाथि कानुनी व्यवस्था अनुसार मुलुकी अपराध संहित ऐन २०७४ को चोरी सम्बन्धी कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्षसम्म कैद र ३०,०००।– सम्म जरिवाना हुने व्यवस्था रहेको बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!