२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु पक्राउ
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई निस्तेज गर्ने सोच राखी टीम गठन गरी कार्य प्रगतितर्फ लागेको केही समय मै सफलता हाल लागेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पक्राउ परेका विभिन्न अभियुक्तहरु बारे जानकारी दिदै ।
नेपालगंजको यातायात कार्यालय अगाडी, मालपोत कार्यालय अगाडी, भेरी अस्पताल अगाडी, नर्सिङ होम अगाडी, नेपालगन्ज–१८ कारकाँदो स्थित रेष्ट्रो एण्ड डान्स बारको पार्कि·लगायतको क्षेत्रबाट मोटरसाईकल चोरी भएको सूचनाको आधारमा यस कार्यालयबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिको पहिचान एवं पक्राउ गर्न विशेष टोली परिचालन गरि अनुसन्धान गर्ने क्रममा प्यूठान जिल्लामा बिक्री भएको जानकारी भएकोले समन्वय गरी ६ वटा मोटरसाईकलसहित पक्राउ गरिएको बताउनुभयो ।

खजुरा गाउँपालिका वडा नं. ३, धौलागिरीका ३५ वर्षिय रामबहादुर थापा, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका–११ कालिखोली हाल नेपालगंज वडा नंं ४, बसपार्क बस्ने वर्ष ३१ का धिरेन्द्र विक्रम शाही, दाङ जिल्ला गढवा गाउँपालिका–४, खड्कपुर बस्ने वर्ष २८ का वर्कसप मिस्त्री समिर, रोल्पा जिल्ला लुग्री गाउँपालिका–५, गुम्चालका वर्ष २४ का नवराज रोका क्षेत्री, नेपालगन्ज वडा नं. १०, सुगन्धटोल वर्ष २८ का वर्कसप मिस्त्री रंगित शर्मालाई पक्राउ गरिएको प्रहरी प्रमुख रानाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु भएको छ ।

यसैगरी अनुसन्धानबाट खुलेका कुराहरु बारे जानकारी गराउँदै प्रहरी प्रमुख रानाका अनुसार रामबहादुर थापाले विगतमा भारतीय नागरिकसँग मिली चोरीका मोटरसाईकल आफूले खरिद गर्ने र खरिद मूल्यमा नाफा खाई अन्य व्यक्तिलाई बिक्री गर्ने, लकडाउनको समयमा भारतीय नागरिकसंग सम्पर्क छुटेपछि धिरेन्द्रविक्रम शाहीलाई साथी बनाएको त्यसपछि निजहरु दुबैजनाले बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेको जानकारी गराउनुभयो ।

थप अनुसन्धान भईरहेको जानकारी गराउँदै प्रहरी प्रमुख एसपी रानाले बरामद मोटरसाईकलहरुमा ल.३९.प.२८६६, रा.४.प.४५५०, रा.५.प.६२३३, लु.४५.प.८९२८, रा.५प.३२३ र बा.३६.प.५९४ रहेको बताउनुभयो ।
पक्राउ गरिएका ६ जनामाथि कानुनी व्यवस्था अनुसार मुलुकी अपराध संहित ऐन २०७४ को चोरी सम्बन्धी कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्षसम्म कैद र ३०,०००।– सम्म जरिवाना हुने व्यवस्था रहेको बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।