२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपाल प्रहरी र सशस्त्रको रासनभत्ता वृद्धि हुन्छ : गृहमन्त्री थापा

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

ABC Sanchar
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाइने बताएका छन् ।

रासनभत्ता पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार ग्रहण गर्दै गृहमन्त्री थापाले तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य सर्त रहेको र त्यस्तो शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए । लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरावलोकन हुने गरी गृह मन्त्रालयले समिति बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको हो । कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।