२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथामिकता हो DSP : खनाल

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

(सागर थापा/महेन्द्र सिंह)
बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताउनु भएको छ ।
कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा (एबिसी संचार) (खबर 24 नेपाल) (न्युज अनलाईन) सङको कुराकानीमा शनिबार प्रहरी प्रमुख डिएसपी खनालले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै यस बीचमा प्रहरीबाट मानवअधिकार हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनु भएका प्रहरी प्रमुख डिएसपी खनालले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा भर्खरै मात्रै सरुवा भएर आउनुभएका डिएसपी खनालले आफ्नो एरिया क्षेत्रको विकृति विसंगति न्युनीकरण, अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग मिडिया मार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।
अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सतक भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका अवरोधकलाई कानुन बमोजिम कारबाही हुने डिएसपी खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!