२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चुनावमा रुकुम रोल्पामा नेकपा ओलीले जित्छ : मुख्यमन्त्री पोखरेल

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

ABC Sanchar
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा बिजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरेका हुन।

उनले भने – ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउने चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु। र त्यसका माध्यमबाट हामि प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामि रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडी बढेको कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु।’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप समेत लगाए। प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उनको भनाई छ।

प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उनले बताए।

प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उनले जानकारी दिए।

उनले भने– ‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहााले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडी उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गितहरु गाउँदै हुनुहुन्छ र अब एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ। अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामि फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो प्रचण्ड कामरेड दुई पटक तपाई प्रधानमन्त्री हुनुभयो । जसले तपाईलाई प्रचण्ड बनाए तपाईले उनीहरुलाई बिर्सिनुभयो । कमरेड केपी ओलीले हामिलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामि राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामि राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्न चाहान्छौँ । कालापानी, लिम्पियाधुरा,लिपुलेक हामि नेपालको भुभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहान्छौँ भन्नेकुराको उद्घोष गर्नुभएको छ।’

मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गरे।

उनले संविधान कार्यान्वयनका सन्र्दभमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी शन्देश दिएको पनि बताए। कानुन निर्माण, तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडी रहेको उनको भनाई छ।

उनले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकिय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।