२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चुनावमा रुकुम रोल्पामा नेकपा ओलीले जित्छ : मुख्यमन्त्री पोखरेल

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

ABC Sanchar
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा बिजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरेका हुन।

उनले भने – ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउने चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु। र त्यसका माध्यमबाट हामि प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामि रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडी बढेको कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु।’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप समेत लगाए। प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उनको भनाई छ।

प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उनले बताए।

प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उनले जानकारी दिए।

उनले भने– ‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहााले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडी उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गितहरु गाउँदै हुनुहुन्छ र अब एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ। अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामि फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो प्रचण्ड कामरेड दुई पटक तपाई प्रधानमन्त्री हुनुभयो । जसले तपाईलाई प्रचण्ड बनाए तपाईले उनीहरुलाई बिर्सिनुभयो । कमरेड केपी ओलीले हामिलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामि राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामि राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्न चाहान्छौँ । कालापानी, लिम्पियाधुरा,लिपुलेक हामि नेपालको भुभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहान्छौँ भन्नेकुराको उद्घोष गर्नुभएको छ।’

मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गरे।

उनले संविधान कार्यान्वयनका सन्र्दभमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी शन्देश दिएको पनि बताए। कानुन निर्माण, तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडी रहेको उनको भनाई छ।

उनले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकिय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!