०६ भाद्र २०८२, शुक्रबार
22-08-2025 , Fri
×

सामुदायिक वनमा पाटेबाघको बिगबिगी सतर्कता बढाइयो

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

(सर्मिला बोगटी)
धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । बाघले मान्छेमाथि आक्रमण गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो । शुक्रबारमात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते हुनुभएको छ ।
यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मारेर खाएको छ ।
बाघको ‘मुभमेन्ट’ बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताउनुभयो । सबै वनहरुमा मान्छेको प्रवेशमा रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो ।
‘विवाहको बेला भएकाले मान्छेहरु सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्’, उहाँले भन्नुभयो । ‘बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रुपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।’
बाघले मान्छे वा पशुमाथि आक्रमण गर्न सक्ने र तस्कर वा शिकारीले बाघलाई मार्न सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघलाई जोगाउनको लागि सामुदायिक वनका सदस्यहरुलाई परिचालन गरिएको छ । शनिबार क्यामेरा ट्रयापिङ गर्न गएको बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गर्नुभएको थियो ।
‘बाघ देखेपछि रुखमा पाँच/छ मिटरमाथि चढेँ’, उहाँले भन्नुभयो । ‘मलाई देखिसकेपछि बाघ म चढेकै रुखमा चढ्न खोजेको थियो । मेरै वरिपरि धेरै बेरसम्म घुम्यो र भुइँमा रहेको मेरो एउटा जुत्ता लिएर गयो ।’
बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दुधुवा नेशनल पार्क वा बर्दिया राष्ट्रिय निकुञ्ज कहाँबाट आएको हो, भन्ने पुष्टि भइसकेको छैन । तर, आफ्नो प्राकृतिक बासस्थानलाई छोडेर सो बाघ बसन्ता जैविकमार्ग अन्तर्गतका सामुदायिक वनहरुमा आएको हुन सक्ने संरक्षणकर्मीको बुझाइ छ ।
सामुदायिक वनमा आएको बाघलाई सामुदायिक वनमै रहन दिने वा के गर्ने भन्ने सवालमा कुनै टुङ्गो नलागे पनि बाघ देखिएको क्षेत्रमा निगरानी र सतर्कता बढाइएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । ‘हामीले हाम्रा मान्छे खटाएर सुरक्षा, निगरानी गरिरहेका छौं । त्यो बाहेक अहिले केही गर्नसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । ‘बाघले आक्रमण गरेर घाइते बनाएको व्यक्तिलाई भने क्षतिपूर्ति उपलब्ध हुनेछ ।’
बाघ तीन/चार वटा कारणले आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र घुमफिर गर्ने गरेको बताइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले प्राकृतिक रुपमा शिकार गर्न नसक्ने बुढो बाघ, घाइते वा अशक्त बाघ, आफ्नो क्षेत्रमा रहेका बाघसंग लडाई गर्न नसकेको बाघ र पोथीको खोजीमा निस्केको बाघ आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र जाने गरेका छन् ।
कैलालीमा देखिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जकै पनि हुन सक्ने श्रेष्ठले बताउनुभयो । ‘हाम्रो निकुञ्जमा ८७ वटा बाघ छन् र सबैको फोटो हामीसंग छ’, उहाँले भन्नुभयो । ‘कैलालीमा देखिएको बाघको फोटो कैद गरेर हाम्रो हो वा होइन भनेर पहिचान गर्न सकिन्छ ।’
बाघ ‘टेरिटोरियल’ वन्यजन्तु हो । एउटा वयस्क बाघले आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने गर्दछ । आहाराको उपलब्धता र वयस्क बाघको सङ्ख्याको आधारमा भाले बाघले आफ्नो क्षेत्र निर्धारण गरेका हुन्छन् । नेपालमा सामान्यतयाः एउटा भाले बाघले २० वर्ग किलोमिटरसम्म आफ्नो क्षेत्र बनाउने गरेको बताइएको छ ।
कैलालीमा देखिएको बाघको बारेमा विस्तृत जानकारी हासिल गर्न आवश्यक रहेको जोड दिइएको छ । वन्यजन्तुबारे जानकार प्राध्यापक करनबहादुर शाहले सामुदायिक वनमा पुगेको बाघ बुढो, रोगी वा अशक्त पनि हुन सक्ने बताउनुभयो ।
‘त्यो बाघको बारेमा बुझ्दा त्यसका गतिविधि केही असामान्य छन्’, उहाँले भन्नुभयो । ‘बुढो वा रोगी, अशक्त भएका कारणले आफ्नो प्राकृतिक वासस्थानबाट अन्यत्र आएको हुनसक्छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा प्रहरीले लाखौं रकमसहित २ जना हुण्डी कारोबारी पक्राउ पर्सा । वीरगन्ज महानगरपालिका- २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार […]

रूपन्देही । भैरहवामा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।लुम्बिनी सांस्कृतिक नगरपालिका- १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट […]

काठमाडौं । प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ। नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए। ‘प्रतिगामी शक्तिको रुपमा आएका […]

error: Content is protected !!