२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डिएसपी सिंहको छ्डके तुल्सीपुरमा लाईसेन्स नबोक्ने चालकहरु कार्वाही

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७


(तेज वली)
दाङ । तुलसीपुरमा सवारी चालकको लाईसेन्स नभएका मोटरसाइकल तथा स्कुटर चलाउने मापदण्ड विपरीत मोटरसाइकल र स्कुटर चलाएको भन्दै तुल्सीपुर प्रहरीले ४४ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिई कार्वाही गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट ४४ जना व्यक्तिलाई लाइसेन्स विनाको सवारी साधन चलाएको भेटिएसंगै नियन्त्रणमा लिएको छ । हाल नियन्त्रणमा लिएका ४४ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको डिएसपी सिंहले बताए ।

 

नियन्त्रणमा लिइएकालाई उनीहरुका आफन्ती तथा सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सम्झाई बुझाई गरिने समेत बताएका छन् । दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न खालका प्रहरी साझेदारी कार्यक्रम, टोल टोलमा सुरक्षा समिति गठन, स्कूल स्कूलमा ओरेन्टेसन कार्यक्रम, बजारका चोक चोकमा सुरक्षा सर्तकता लगाएतका कार्यक्रम गरेता पनि सवारी दुर्घटना न्यूनिकरण नभएकोले यस्तो खालको अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘‘हामीले प्रहरी साझेदारी कार्यक्रम, टोल टोलमा सुरक्षा समिति गठन, स्कूल स्कूलमा ओरेन्टेसन कार्यक्रम, बजारका चोक चोकमा सुरक्षा सर्तकता लगाएतका कार्यक्रम गरियौ तै पनि सवारी दुर्घटना न्यूनिकरण नभएपछि यस्तो खालको अभियान सञ्चालन गर्न बाध्य भएका छौँ, उनले भने‘अबदेखि यो अभियान दैनिक रुपमा सञ्चालन गर्छौ, लाइसेन्सविनाको मोटरसाइकल स्कुटर चलाउनेलाई नियन्त्रणमा लिन्छौं ।’

यस भन्दा अगाडि विभिन्न खालका कार्यक्रमले प्रभावकारीता नदेखिएपछि यो अभियानलाई अगाडी सारेको उनको भनाइ छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र इकाला प्रहरी कार्यालय तुलसीपुरको संयुक्त संयोजनमा यो कार्याक्रमलाई अगाडी सारेको बताए ।

नियन्त्रणमा लिइएका ४४ जनालाई कानुनी प्रक्रिया पुरा गरि प्रति व्यक्ति १५०० जरिवाना तिराएर छोडिने समेत उनले बताए । लाइसेन्स विना सवारी साधन विशेष गरी क्लेज पढ्नेले युवायुवतीले प्रयोग गर्ने भएकोले दुर्घटना बच्न सबैलाई डिएसपी सिंहले अनुरोध गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]