२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङमा सिडियो मार्फत महिला सञ्जालले सरकारलाई ज्ञापन पत्र बुझायो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

 

(शरद रिजाल)
दाङ । महिला हिंसा विरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सञ्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गरेका थिए ।

उक्त ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!