१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दाङ प्रहरीले ६ किलो अफिमसहित १ र फरार रहेका १ गरी २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(सागर थापा)
दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ६ किलो १०० ग्राम लागू औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजे विशेष सुराकीका आधारमा मोहनजंग बुढाथापाको नेतृत्वमा गएको प्रहरी टोलीले संकास्पद रुपमा झोला बोकी हिडिरहेको अवस्थामा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ का ३८ बर्षीय प्रकाश घर्तीलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले घर्तीको साथबाट ८ वटा साना ठुला पोकामा रहेको ६ किलो १०० ग्राम लागु औषध अफिम जस्तो देखिने (कालो गिलो) पदार्थ, सामसुङ मोवाईल एक थान, प्रकाश घर्ती लेखेको आईडी कार्ड र मतदाता परिचयपत्र २ थान बरामद गरेको छ । साथै अबैध वन पैदावार ओसार पसारमा संग्नल एक प्रतिवादी पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको छ । अबैध वन पैदावार ओसार पसार मुद्दामा फरार प्रतिवादी घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरका ३० वर्षिय विशाल विकलाई ६ वर्षपछि जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालत घोराहीले २०७१ असार १२ मा गरेको फैसला अनुसार १४ दिन कैद र २९ हजार ४ सय रुपैया जरीवाना ठहर भई फरार रहेका विकलाई सोमबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

पक्राउ गरिएका विकलाई दाङ देउखुरी जिल्ला अदालतमा पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०७७÷७८ को हालसम्म विभिन्न मुद्धामा फरार रहेका ४८ जना प्रतिवादीलाई प्रक्राउ गरी अदालतमा बुझाएको एसपी चंन्दले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!