०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

कपिलवस्तुमा १६ बर्षीया भान्जीलाई आफ्नै मामाले गरे बलात्कार

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७


(ABC क्राईमबिट)
कपिलवस्तु। शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् ।

१६ बर्षकी भान्जी (पीडित किशोरी) कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । सोही कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए ।

प्रहरीका अनुसार घरबाट दीदीले आफ्ना भाइलाई छोरीलाई घर पुर्याइ दिन आग्रह गरेकी थिइन् । र, जेठा भाईले कान्छो भाइलाई भान्जीलाई घर पुर्याइदिन आग्रह गरेका थिए । कान्छा मामासँग बाइकमा घर गएकी भान्जीले मामाबाटै बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।

प्रहरीले आइतबार नै मुद्धा परेको र पीडक मामालाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पीडित भान्जीले दिएको बयानमा ट्याक्टरले सडक बिगारेका कारण बाटो बिग्रीएको भन्दै अर्कै बाटो लगेर खोला किनारमा पुर्याई राति बलात्कार गरेको बताएकी छन् ।

चर्पी गर्ने भन्दै मामाले बाइक रोकेको पनि पीडित किशोरीले बताएकी छन् । पक्राउ परेका मामाको सम्बन्धमा थप अनुशन्धान गरी कारवाही अघि बढाइने कपिलवस्तु प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!