२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

समाजसेवी जेनिशा बोहोरा टुहुरा बच्चाहरुको सहारा बन्दै

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

ABC Sanchar
काठमाडौं । गत आईतवार मात्र कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा न ५ अन्डैया स्थानीय पुष्पान्जली सामुदायिक बनमा स्याउला ल्याउन गएकी कला धामीको बाघ आक्रमणमा परि ज्यान गएको थियो । २५ बर्षिया धामीको बाघको आक्रमणबाट मृत्यु भए पछि एफ.एम रेड्स्टारबाट स्थलगत रिपोर्टिङका लागि मृत्यक धामीको घरमा र आक्रमण गरेको स्थानमा गएर बनाईएको रिपोर्टिङ हेरेर वरिष्ठ समाजसेवी जेनिशा बोहोराले एफ.एम रेड्स्टार संग कुरा गुरा गर्दै मृत्यक धामीको घर अवस्था बुझ्नु भएको थियो । मृत्यक धामीका नाबालक सन्तान ३ छोरी र १ छोरा टुहुरा भएको खबर सुनाए पछि समाजसेवी बोहोराले दुई जना बच्चाको अभिभावक बन्ने भन्दै कक्षा १० सम्म पढाउने बताउनु भएको छ । समाजसेवी बोहोरा समाज सेवामा निकै सक्रिय छन । युवा समाजसेवि जेनिशा बोहोरा दुखी पिडतहरुको घाउको मलम बन्नु भएको छ। विभिन्न समयमा बिभन्न सँघ सँस्था र बिपत्तिमा परेका स्कुलले बच्चा देखि बिचल्ली परिवारकाे साहारा बन्दै आउनु भएको छ । मानविय मनकारि बोहोराबाट आज फेरि त्यस्तै मानवीय काम भएको छ । टुहुरा ४ जना बालबालिका मध्ये दुई जना टुहुराको साहारा बनेकी छन । लामो समय देखि सामाजिक सेवामा सक्रिय बोहोरा धेरैको साहारा बनि सकेकी छन । पुण्य कमाउन मन्दिर नै धाउनुपर्छ भन्ने भावना मात्र ठुलो कुरो होईन । समाज सेवा नै धर्म हो गरिब दुखी असाय बेशाहरा टुहुरा पीडित लगायत विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्नु नै ठुलो धर्म हो। यस्तै भावनामा लिप्त हुनुहुन्छ जेनिशा बोहोरा , हाल काठमाडौमा बस्दै आउनु भएको छ।

दुई बच्चा अझै बिचल्लीमा परेका छन् सहयोग गर्न चाहाने व्यक्तिले मदन शाही ९८६२४८१६६४ र मृत्यक कला धामीकी दिदि देवीसरा खत्री ९८४८४१७७१३ मा सम्पर्क गर्नु होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!