२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङ प्रहरीले लाखौं मुल्य वरावरको रिचार्जकार्ड सहित एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एक लाख रुपैया वरावरको रिचार्ज कार्डसहित नगद २० हजार रुपैया चोरी गर्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंग्लाचुली गाउँपालिका वडा नंम्वर ३ कमिरेचौरमा रहेको दाजुभाई जनरल स्टोर्सबाट गत माघ १ गते राति १ बजे चोरी भएको थियो । स्टोर्सका सञ्चालक कमलाल पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा चोरीमा संलग्न बंग्लाचुली ४ का १८ वर्षिय ईन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएका रिचार्जकार्डहरुको सिरियल नम्बरको आधारमा सम्बन्धित दुरसञ्चार कार्यालयसंग समन्वय गरी दोषिलाई पक्राउ गर्न सफल भएको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा संलग्न गिरीको घरकोठा खानतलासी गर्दा रिचार्जकार्ड तथा घर फोर्ने औजार वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।

गिरी घरमा खान तलासी गर्दा एनसिएलका ५० रुपैया वरावरको ७ सय २३ थान, १०० रुपैया वरावरको १ सय थान र ५०० रुपैया वरावरको २५ थान रिचार्ज कार्ड वरामत गरिएको हो । यस्तै एनटिसीका ५० रुपैया वरावरको १ सय ५१ थान र १०० रुपैया वरावरको ६९ थान रिचार्ज कार्ड वरामत गरिएको प्रहरीले जनाएको छ ।

१ लाख रुपैया वरावरको रिचार्ज कार्ड सहित नगद २० हजार रुपैया चोरी भए पनि गिरीको साथबाट ६१ हजार ८ सय ५० रुपैया वरावरको रिचार्ज कार्डमात्रै प्रहरीले वरामत गरिएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!