०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

(ABC क्राईमबिट)
काठमाडौं भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ ।

 

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, खिजी देम्बा गाउँपालिका–२ बस्ने वर्ष २८ कोपञ्चमान तामाङ र लिखु गाउँपालिका–९ बस्ने वर्ष २४ को गोविन्द गौतम रहेका छन् । उनीहरुले सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी सोही समूहले बाराही स्थानको उकालो बाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडिबाट प्रदेश २–०२० प ८८२७ नं. चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने वर्ष २७ का अभिषेक योञ्जन र शैलुङ गाउँपालिका–६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ का सुमन नेपालीलाई पक्राउ गरिएको छ,’ डीएसपी गिरीले भने ।

४ गतेनै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि.को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक सुदन केसीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायकमा बस्ने वर्ष २३ का फुर्वा तामाङ र उसको साथी वर्ष २१ का राजु तामाङलाई पक्राउ गरेको हो । उल्लेखित चारवटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए । सम्बन्धित मोटरसाइकल धनीहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!