२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंको खुलामञ्च डोजर लगाएर हटाइयो संरचना

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

ABC Sanchar
काठमाडौं । महानगरपालिकाले खुलामञ्च खुला गर्न थालेको छ । खुलामञ्चमा १२ वैशाख २०७२ को भूकम्पपछि निर्माण सामग्री थुपारिएको थियो ।

राष्ट्रिय महत्वको संरचना मानिएको दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि सम्पन्न हुने चरणमा पुगेपछि खुलामञ्चमा थुपारिएका निर्माण सामग्री हटाउन थालिएको हो ।

यस्तै, दरबार हाइस्कुल र वीर अस्पतालको निर्माणका लागि बनाइएका ‘साइट अफिस’हरु पनि हटाउन थालिएको छ ।दरबार हाइस्कुल र वीर अस्पताल निर्माणका लागि अनुमति लिएरै साइट अफिसहरु बनाइएको थियो । तर, केही संरचनाहरु भने अतिक्रमण गरेर बनाइएको पाइएको र ती संरचनाहरु डोजर लगाएर हटाइको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अब खुलामञ्चलाई पूर्ववतः रुपमा सञ्चालन गर्ने आवश्यक सबै कार्यहरु गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका अनुसार रत्नपार्कदेखि सैनिक मञ्चसम्म खुलामञ्चको कुल क्षेत्रफल ५८ रोपनी छ । ५८ रोपनीको झण्डै आधा भागमा अस्थायी रुपमा बसपार्क सञ्चालन गरिएको छ । पुरानो बसपार्कमा विजेश टावर निर्माण गर्न थालिएपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो ।

पुरानो बसपार्कमा निर्माण भइरहेको बिजनेश टावरको काम सकिन अझै समय लाग्ने भएकाले खुलामञ्चबाट बसपार्क भने तत्कालै हट्ने सम्भावना छैन ।

यद्यपि पछिल्लो समय बढेका राजनीतिक गतिविधिसँगै सभा आयोजना गर्ने स्थानको अभाव भएकाले छिटोभन्दा छिटो खुलामञ्च खाली गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]