२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा विद्यार्थीलाई कुट्ने शिक्षक हेमराज बिक पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(सागर थापा)
दाङ । परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठाभित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।
‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौँ’ उनले भने,अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’
करिब दुई हप्ता अघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको प्रहरिलाई सबिती बयान दिदै घटना बारे स्वीकार गरेका छन् । बिक अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेकोे एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!