०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

दाङमा विद्यार्थीलाई कुट्ने शिक्षक हेमराज बिक पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(सागर थापा)
दाङ । परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठाभित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।
‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौँ’ उनले भने,अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’
करिब दुई हप्ता अघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको प्रहरिलाई सबिती बयान दिदै घटना बारे स्वीकार गरेका छन् । बिक अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेकोे एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!