२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल दलित मुक्ति सगठन दंगीशरण गाउँपालिकाको एकता भेला सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७


(तेज वली)
दाङ । श्रीगाउँमा सम्पन्न भेलाले मन्जु बिक सयोजक र ऐनबहादुर बिक सहसयोजक रहेको ३१ सदस्यीय गाउपालिका स्तरीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

भेलाले फागुन २५ गतेभित्र सबै वडामा एकताको भेला गरिसक्ने, फागुन २१ गते नेकपा दाङ्गले आयोजना गरेको प्रतिगमन बिरुद्धको विशाल बिरोधसभामा उल्लेख्य सहभागिता जनाउने र फागुन २९ गते नेपाल दलित मुक्ति सगठन दाङले आयोजना गरेको घोराहीमा हुने प्रशिक्षण कार्यक्रममा जिल्लाले तोकेको कोटालाई अनिवार्य पूरा गर्ने निर्णय गरेको छ् ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रमुख अतिथि हेमराज शर्मा ‘डायमण्ड’ले नेपालको दलित आन्दोलन थुप्रै उपलब्धि हासिल गरेको बताउनुभयो । अब यति मात्रै उपलब्धिले नपुग्ने भएकाले थप उपलब्धिका निम्ति र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा लुम्बिनी कमिटी सदस्य भीमबहादुर ओली, जिल्ला सचिवालय सदस्य सिमा न्यौपाने, जिल्ला सचिवालय सदस्य मनिराम चौधरी , अर्का जिल्ला सचिवालय सदस्य महेश ओली, नेपाल दलित मुक्ति मोर्चाका पूर्व केन्द्रिय सचिवालय सदस्य राधिका परियार, दंगीशरण गाउँ पार्टीका अध्यक्ष ज्योति चौधरी र नेपाल दलित मुक्ति सगठ्न दाङ्गका सहसयोजक हिरालाल सुनार ‘सारथी’ले शुभकामना दिनुभएको थियो ।

नेपाल दलित मुक्ति सगठन दाङ्ग जिल्ला सदस्य तथा दंगीशरण इन्चार्ज भरत परियारको अध्यक्षता र जिल्ला सदस्य ममता परियारको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सहजीकरण मन्जु बिकले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]