०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

नेपाल दलित मुक्ति सगठन दंगीशरण गाउँपालिकाको एकता भेला सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७


(तेज वली)
दाङ । श्रीगाउँमा सम्पन्न भेलाले मन्जु बिक सयोजक र ऐनबहादुर बिक सहसयोजक रहेको ३१ सदस्यीय गाउपालिका स्तरीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

भेलाले फागुन २५ गतेभित्र सबै वडामा एकताको भेला गरिसक्ने, फागुन २१ गते नेकपा दाङ्गले आयोजना गरेको प्रतिगमन बिरुद्धको विशाल बिरोधसभामा उल्लेख्य सहभागिता जनाउने र फागुन २९ गते नेपाल दलित मुक्ति सगठन दाङले आयोजना गरेको घोराहीमा हुने प्रशिक्षण कार्यक्रममा जिल्लाले तोकेको कोटालाई अनिवार्य पूरा गर्ने निर्णय गरेको छ् ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रमुख अतिथि हेमराज शर्मा ‘डायमण्ड’ले नेपालको दलित आन्दोलन थुप्रै उपलब्धि हासिल गरेको बताउनुभयो । अब यति मात्रै उपलब्धिले नपुग्ने भएकाले थप उपलब्धिका निम्ति र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा लुम्बिनी कमिटी सदस्य भीमबहादुर ओली, जिल्ला सचिवालय सदस्य सिमा न्यौपाने, जिल्ला सचिवालय सदस्य मनिराम चौधरी , अर्का जिल्ला सचिवालय सदस्य महेश ओली, नेपाल दलित मुक्ति मोर्चाका पूर्व केन्द्रिय सचिवालय सदस्य राधिका परियार, दंगीशरण गाउँ पार्टीका अध्यक्ष ज्योति चौधरी र नेपाल दलित मुक्ति सगठ्न दाङ्गका सहसयोजक हिरालाल सुनार ‘सारथी’ले शुभकामना दिनुभएको थियो ।

नेपाल दलित मुक्ति सगठन दाङ्ग जिल्ला सदस्य तथा दंगीशरण इन्चार्ज भरत परियारको अध्यक्षता र जिल्ला सदस्य ममता परियारको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सहजीकरण मन्जु बिकले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!