प्रकशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १४:२४

 

ABC Sanchar
काठमाडौं । नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।
भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा भारतको विहार हुँदै आफ्नो प्रशासनिक केन्द्रमा जानुपर्ने बाध्यता रहेको सुस्ता बचाऊ अभियानका संयोजक गोपाल गुरुङले बताए ।

सुस्ता गाउँ एकातर्फ भारतीय सीमाले घेरेको र अर्कोतर्फ नारायणी नदीले घेरेको छ ।

नेपालतर्फ नारायणी नदीमा पुल बनाउन सुरु गरिएको चार वर्षसम्म समेत काम नभएपछि थप समस्या झेल्नुपरेको गुरुङको भनाइ छ । गोरखापत्रबाट


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com