२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतबाट अवैध बिस्कुट नेपाल भित्रिन थालेपछी नेपाली उद्योग सुक्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७


(ABC Sanchar)
विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् ।

कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।

पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर, भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन् ।

सरकारले बिस्कुट उद्योगमा प्रयोग हुने मैदा र चिनीलाई कच्चा पदार्थ मानेर भन्सार छूट नदिँदा सञ्चालनमा रहेका १४ उद्योगको अवस्था पनि कमजोर रहेको नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष तथा गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले बताए ।

जाजूका अनुसार बन्दाबन्दीको समयमा नेपाली उत्पादनले स्वदेशी बजारमा नै राम्रो खपत पाएको थियो । त्यो बेलामा माग बढी भएको कारण उद्योगहरूले नयाँ प्लान्ट थप्नुपर्ने अवस्था आए पनि अहिले भारतीय बिस्कुट भन्सार छलेर आइरहेकाले नेपाली बिस्कुटको खपत ५० प्रतिशत घटेको छ । जसको कारण उद्योगको उत्पादन पनि ५० प्रतिशतमा खुम्चिएको छ ।अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।