०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रहरीले जुवाको खालबाट ३० लाख नगदसहित १७ जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीले शुक्रबार साँझ ललितपुर सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।

ललितपुर प्रहरी परिसरका अनुसार, पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन्। उनीहरू सबै ललितपुरका हुन्।

प्रहरी निरीक्षकसहितको टोलीले महर्जनको घरको दोस्रो तलामा जुवा खेलिरहेका १७ जना जुवाडेलाई ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित पक्राउ गरेको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्य जानकारी दिइन । उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी पांच थान र सिमीको दाना एकसय ५० थान बरामद गरेको छ। उनीहरूबिरुद्ध प्रहरीले जुवा ऐन अन्तर्गत कारबाही अघि बढाएको एसएसपी बज्राचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!