२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

सरकारले दाङका २६ जना कैदीबन्दीहरुको कैद सजाय मिनाहा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

(सागर थापा)
दाङ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा सरकारले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेको हो ।
जसमा घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १८ जना गरी जिल्लामा २६ जनाको कैद मिनाह गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनिहरु मध्ये सवारी ज्यान मृद्धा, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान लगाएतका मृद्धा खेपेकाहरु रहेको उहाँको भनाई रहेको छ ।

यसैविच मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी देशभरबाट ४ सय १ जनाको कैद मिनाहा भएको छ । ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]