०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

मोरङमा ट्रक र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट) मोरङ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको जानकारी राईले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई सडकबाट उठाएर उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

दुवै जनाको उपचारका क्रममा राति ८:१५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी राईले दिए। उनका अनुसार दुवै मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुई जना मृतकमध्ये स्कुटर कसले चलाएका थिए भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर एक्कासि ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ।

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। भयानक दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा टोली खटिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]