१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

मोरङमा ट्रक र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट) मोरङ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको जानकारी राईले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई सडकबाट उठाएर उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

दुवै जनाको उपचारका क्रममा राति ८:१५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी राईले दिए। उनका अनुसार दुवै मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुई जना मृतकमध्ये स्कुटर कसले चलाएका थिए भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर एक्कासि ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ।

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। भयानक दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा टोली खटिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!