२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोहलपुर प्रहरीले दुईथान चरी बाघको छाला सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

(महेन्द्र सिंह)
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले राप्तिसोनारी गाउँपालिका वडा नं. १ कुसुमबाट दुई थान चरि बाघको छाला सहित ३ जना पक्राउ परेका छन । आईतबार साझ खटिएको प्रहरीको बिशेष टोलिले डि भैरहेको समयमा पक्राउ गर्न सफल भएको हो । दुर्लभ मानिएको चरि बाघको छाला सहित सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कमल डि.सी, ससोहि गाउाँपालिका बस्ने बर्ष २४ को हिमेन्द्र वली र सल्यान जिल्ला बाघचौर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को जित बहादुर डि.सी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धान भैरहेको समेत डिएसपी खनालले बताए ।
इप्रका कोहलपुरले केहि समय अघिमात्र दुई थान रेड पाण्डाको छाला, दुई मुखे सर्प पक्राउ गर्न सफल भएको छ । प्रहरीको सक्रियता संगै इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी खनाल आए देखि विभिन्न खाली अपराधीक घटनाहरु नियन्त्रण गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!