२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जेष्ठ नागरिकलाई सम्मान

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

प्युठान ,२४ जेठ । झिमरुक गाउँपालिकाको चार नम्वर वडा कार्यालयले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय बांगेफेदीमा आज एक कार्यक्रमको आयोजना गरि ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक सम्मानका लागि चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ५० हजार रुपिँया विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । ८० वर्षमाथीका जेष्ठ ३० जनालाई दोसल्ला र पौष्टिक आहार प्रदान गएिको थियो ।
वडा अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले पछिल्लो समय जेष्ठ नागरिकलाई परिवारबाटै हेला गर्ने समस्या देखिएकोले सम्मान कार्यक्रम राखिएको बताउनुभयो । उहााले जेष्ठ नागरिकलाई अपनत्व महशुस गराउन, हेला गर्ने प्रवृत्तिको अन्त्य गर्न यो कार्यक्रमले सन्देश दिने बताउनुभयो ।
विशेष अतिथी प्रमुख प्रशासकीय अधिकृत तारा किरण केसीले लक्षित वर्गको कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँले आगामी वर्ष यस कार्यक्रमलाई थप बजेट व्यवस्था गर्दै निरन्तरता दिने समेत बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य प्राविधिक बासुदेव गिरीले राख्नुभएको थियो । सम्मान कार्यक्रममा सहभागी जेष्ठ नागरिक खुशी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!