२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छु इप्रका कोहलपुर डिएसपी: खनाल

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७


(सागर थापा)
बाँके । कोहलपुरमा केही महिना अघि मात्रै कार्यभार सम्हालेका बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिवद्ध भएको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा एबिसी संचार र खबर 24 नेपालसँग कुराकानी गर्दै डिएसपी खनालले नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याएसम्म पूरा गर्दै आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने बताएका हुन् । केही महिना भो बाँकेको कोहलपुर आएर कार्यभार सम्हालेको छु, मैले यस्तो गर्छु, उस्तो गर्छु भनेर भन्दिनँ डिएसपी खनालले भने काम गरेर देखाउने हो मैले सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु । समाजमा नकारात्मक सोच हावी हुँदै गएकाले यसको समाधान गर्नुपर्नेमा खनालले जोड दिए । ‘समाज नकारात्मकतातर्फ उन्मुख हुँदैछ भने यो डरलाग्दो रोग हो, यसलाई सुधार गर्नु आजको प्रमुख चुनौती हो । प्रविधिमैत्री प्रहरी आजको आवश्यकता भएको डिएसपी खनालले बताएका छन् । कोहलपुरको मुख्य शहरी क्षेत्रमा राखिएका अधिकांश सिसी क्यामेरा बिग्रिएका भन्दै तिनीहरुको मर्मतसम्भार हुनुपर्नेमा जोड दिए । ‘सिसी क्यामेराले अपराध अनुसन्धानमा सघाउँछ, तर अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेका छन्’ अधिकारीले भने, अपराध नियन्त्रणमा सिसी क्यामेरा प्रयोग हुनेगरी काम अगाडि बढाउनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।