०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

अदालतको फैसला स्वागतयोग्य छ काङ्ग्रेस सभापति शेर बहादुर देउवा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

 

ABC Sanchar
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन ।

उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन ।

कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पारेका छन ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ पुल्चोकमा चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली ल्याइएका १ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ बराबरको विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरेको प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् । […]

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो। वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो। मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, […]

error: Content is protected !!