०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

गुडीरहेको ट्याम्पुमा एक्कासी आगलागी यात्रुहरु सुरक्षित

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

ABC Sanchar
काठमाडौ‌ । राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो ।

बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको थियो ।

कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा उक्त टेम्पोका चालक हुन् । आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

ट्याम्पुमा आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए तर उनीहरु भाग्न सफल भएका थिए ।
ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!