२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुडीरहेको ट्याम्पुमा एक्कासी आगलागी यात्रुहरु सुरक्षित

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

ABC Sanchar
काठमाडौ‌ । राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो ।

बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको थियो ।

कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा उक्त टेम्पोका चालक हुन् । आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

ट्याम्पुमा आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए तर उनीहरु भाग्न सफल भएका थिए ।
ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!