२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नवलपरासीमा बस दुर्घटना चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(राकेश श्रेष्ठ)
नवलपरासी । दाङबाट काठ्माण्डौका लागि छुटेको पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि बस चालक घोराही उपहानगरपालिका वडा नम्बर १४ का ४० वर्षिय मोतिराम बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

मंगलबार दाङबाट काठ्माण्डौका लागि छुटेको ना ६ ख ५०३५ नम्बरको बस गएराती पुर्वी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिका–२ को घ्युखोला नजिकैमा दुर्घटनामा परेको हो ।

तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनामा परेको बसको झण्डै डेढ सय मिटर चालकको शब भेटिएको नवलपरासी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!