२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

विमानस्थलबाट २६ हजार अमेरिकी डलरसहित बेलायती नागरिक पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलरसहित एक जना बेलायती नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५५३४०८८७५ राहदानी नम्बर वाहक बेलायती नागरिक ५१ वर्षीय Neil William Greenwood रहेका छन् ।

कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा ह्‍याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।