२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सरकारले ३१ सहसचिवहरुको सरुवा गर्‍यो (नामावलीसहित)

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

 

ABC Sanchar
काठमाडौँ । सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाल र शिव कुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयका रितेश कुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयका पुण्य विक्रम पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, गृह मन्त्रालयका अर्जुन कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकामा सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशबाट आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूर पश्चिममै सरुवा गरेको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. २ का सचिव भूपाल बराललाई लगानी बोर्डको कार्यालय, मधेस आयोगको भुवनहरि अर्याललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिबावाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालय बागमती प्रदेशका डा. हरी लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

महिनौँ लगाएर तयार पारिएको नामावली निर्णय भएको हप्तौँपछि मन्त्रालयले बिहीबार पनि गुपचुपमै पत्र बाँडेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!