२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कायर होर हामीले राजीनामा दिने शिक्षामन्त्री : श्रेष्ठ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

 

ABC Sanchar
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्‍याए ।

उनले भने,’राजीनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।’ संसद् सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।

‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौँ तर यो निर्णयले झन् विवाद बढाएको छ’, सिटिइभीटीको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’

संसद् पुनर्स्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । ‘अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहुन्छ ।’

आफूहरूले १३ गते फैसला आउने अपेक्षा गरेको र प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको उनी बताउँछन् । अदालतको फैसलापछिको विश्लेषण गर्दै उनले भने,’अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौँ, खेल खेल्ने तयारीमा छौँ,
हामीले गोल गरेरै देखाउँछौँ ।’

‘हामीसँग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसँगै छ, त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छोड्नेवाला छैनौँ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्छौँ ।’

नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्ट्याटस लेख्ने र सडकमा कुर्लिनेहरूलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ ।

सुन हो कि पित्तल, हिरा हो कि सिसा भनी नक्कली र सक्कली भनी छुट्ट्याउन सक्ने क्षमता जनतामा भएको बताउँदै अहिले आन्दोलन गरेर हिँड्ने गुट नक्कली भएको टिप्पणी गरे । भने ‘काग भएर मयुरको प्वाँख राखेर कराउँदै हिँडेका छन् । जनताले असली मयुर चिनेर प्वाँख हाल्ले मयुर रुपी काग बन्नेलाई धिक्कार गर्नेछन् ।’

उनले मुलुक राजनीतिक सङ्कटतर्फ धकेलिएको सङ्केत गर्दै यसलाई रोक्ने काम ओली सरकारको भएको चर्चा समेत गरे । भने ‘यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।’

संसद् पुनः स्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राखेका मन्त्री श्रेष्ठले अब पनि केपी ओलीको विकल्प नभएको स्पष्ट पारे । कार्यक्रममा सिटिइभीटीले गरेका कामको प्रशंसा गर्दै योजनाबद्ध ढङ्गले अधि बढ्न निर्देशन दिए । सो संस्थाको अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले टिभिइभीटी परिसरमा वृक्षारोपण गरेका थिए । मन्त्री श्रेष्ठले वार्षिकोत्सवको केक समेत काटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]