२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँके प्रहरीले १० किलो हात्तीको दाँतसहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७


(महेन्द्र सिंह) बाँके प्रहरीले विशेष सूचनाका आधारमा बैजनाथ गाउँपालिका वडा नं. २, तिलकपुर बस्ने पूर्णबहादुर थारुलाई दश किलो हात्तीको दाँतसहित एकजना पक्राउ गरेको छ ।
थारुले घर पछाडी रहेको शौचालयको सेफ्टी ट्यांकीछेउमा निलो प्लाष्टिकमा लपेटी सेतो बोराभित्र २९ इन्च लम्बई, दश किलो तौल भएको हात्तीको दाँत राखेका थिए । थारुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!