०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बाँकेको राँझा विमानस्थलमा आपतकालीन पूर्वअभ्यास सुरुहुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जको राँझामा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार यो अवधिमा विमानस्थल बन्द हुनेछ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो । विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुन्छ ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी, जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगन्ज पुग्ने भएका छन् । वायुसेवा कम्पनीहरुले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरुलाई नेपालगन्ज बोलाएका छन् ।

व्यवहारिक अभ्यास भएको र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे जानकारी हुने भएकाले सरोकारवाला सबैको सहभागिता सुनिश्चित गरिएको ठाकुरले जानकारी दिए । नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।

सुदुरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!