२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम अभ्यास जारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम घटना अभ्यास जारी रहेको छ।
विमान दुर्घटना भइहालेमा गर्ने कार्यहरुकोबारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । विमानस्थलमा विमान दुर्घटना हुन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीहरु गएर घाइतेहरुको उद्धार गर्छन् । एम्बुलेन्समा हालेर अस्पताल पठाउँछन् । विमानस्थल परिसरमै शुक्रबार यस्तो कृत्रिम घटना अभ्यास गरिएको थियो ।

नेपालगञ्ज एयरपोर्टका कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले यस्ता घटना अभ्यास गरिरहनु पर्ने बताउनुभयो । घटना भइहालेमा कसरी छिटो त्यसको व्यवस्थापन गर्ने भनेर जानकारी दिनका लागि अभ्यास जरुरी रहने गर्दछ ।

कृत्रिम घटना अभ्यास हुँदा आर्मीका जर्नेल हरेन्द्र पाठक, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, भैरवप्रसाद गणका गणपति नकुल थापा, नेपाल प्रहरी एसपी ओमबहादुर राना, सशस्त्र एसपी अशोक बम, नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको नेपालगञ्ज एयरपोर्टका कार्यालय ठाकुरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]